Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

अस्ट्रेलियाका कप्तान फिन्चद्धारा सन्यासको घोषणा

अस्ट्रेलियाका कप्तान फिन्चद्धारा सन्यासको घोषणा

images

एजेन्सी

२४, माघ २०७९
अस्ट्रेलियाका कप्तान फिन्चद्धारा सन्यासको घोषणा
images

अस्ट्रेलिया टोलीका विश्व विजेता ३६ वर्षको उमेरमा कप्तान आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम लिए पनि फिन्चले घरेलु लिगहरू भने खेल्ने जनाएका छन् । उनका अनुसार बिग बास लिग र अन्य घरेलु टी–२० प्रतियोगितामा खेल्ने छन् । गत सेप्टेम्बरमा मात्रै एकदिवसीय अन्तर्राष्ट्रियबाट गिन्सले संन्यास लिएका थिए ।

फिन्चको कप्तानीमा अस्ट्रेलियाले पहिलोपटक २०२१ को टी–२० विश्वकप जितेको थियो । गिन्सले अस्ट्रेलियाका लागि पाँच टेस्ट, १४६ एकदिवसीय र १०३ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । फिन्च अस्ट्रेलियाका लागि टी–२० क्रिकेटमा सर्वाधिक उच्च स्कोर बनाउने ब्याटर हुन् ।

टी–२० मा अस्ट्रेलियाका लागि सर्वाधिक रन बनाउने ब्याटर पनि रहेका फिन्चले टी–२० करियरमा १०३ खेलमा दुई शतक र १९ अर्धशतकको मद्दतमा ३ हजार १२० रन बनाएको रेकर्ड छ ।

images
प्रकाशित मिति :माघ २४, २०७९ मंगलवार - ०८:४४:४२ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology