बेनीघाट रोराङ । धादिङको बेनघिाट रोराङ २ बुरुसबाङका शिव बहादुर चेपाङको घर जलेर नष्ट भएको छ । घरमा आगा लागि हुदाँ घरमा रहेका खाद्यान्न कपडा लगायत सम्पूर्ण धनमाल नष्ट भएको छ ।

आगालागिबाट दुई वटा बाख्रा समेत मरेका छन् । आगा लागिमा परेर पाँच वटा गाई घाँस खान नसक्ने अवस्थामा रहेको स्थानियले बताएका छन् ।
घरमा कोही नभएको समयमा दिउँसो ४ बजेको सयमा नाबालकबाट आगा लागि भएको स्थानियको भनाई छ। घरका सम्पूर्ण कपड खाद्यान्न सहित धनमाल जलेर नष्ट भएपछि अहिले शिव बहादुर चेपाङको परिवार बिचल्लीमा परेको छ । उनलाई सहयोगका लागि अपिल समेत गरिएको छ ।