Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

२०८० सालमा यस्ता छन् विवाहका साइत !

२०८० सालमा यस्ता छन् विवाहका साइत !

images

इच्छाकामना न्युज

१७, माघ २०७९
२०८० सालमा यस्ता छन् विवाहका साइत !
images

काठमाडौं । सनातन धर्मावलम्बीको प्रचलनमा रहेको ज्योतिषशास्त्रअनुसार वैशाख, जेठ, असार, मंसिर, माघ र फागुनमा विवाहका साइत निस्किन्छ। चतुर्मासअन्तर्गत साउन, भदौ, असोज र कात्तिकमा निस्किँदैन। यस्तै पुस र चैत महिनामा पनि विवाहको मुहूर्त्त निकालिँदैन। 

नेपाल पञ्चांग निर्णायक विकास समितिद्वारा मान्यता पाएर प्रकाशित भई हालै सार्वजनिक २०८० सालको पात्रोअनुसार वैशाखमा पर्याप्त साइत छैन। अघिल्लो वर्षदेखि नै वृहस्पति ग्रह अस्त रहेको १५ मात्र उदय हुने भएकाले १९ गतेदेखि मात्रै साइत निकालिएको छ।

जेठ र मंसिरमा पर्याप्त साइत रहे पनि असार, माघ र फागुनमा त्यति साइत निस्किएको छैन।

हेर्नुहोस्, कुन महिना कति गते छ, विवाहको साइत—

वैशाख— १९, २०, २७ र २८ गते।

जेठ— २, ६, ७, १५, १६, २०, २२, २४ र २९ गते।

असार— ७, ८ र ११ गते।

मंसिर— १२, १३, १८, २१, २३, २८, २९ र ३० गते।

माघ— २, १६, १७, २१, २३ र २९ गते।

फागुन— १९, २१ २२, २३ र २४ गते।

व्रतबन्धको साइत

वैशाख—२४ गते।

जेठ— ८, १०, २२ र २५ गते।

असार— ४ गते।

चैत— ७, ८ र १४ गते ।

images
प्रकाशित मिति :माघ १७, २०७९ मंगलवार - ०८:१२:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology