नारायणगढ । शहीदहरूको सम्झनामा नारायणगढ लेडी जेसिजले सोमबार नारायणगढमा दीप प्रज्वलन गरेको छ। लेडी जेसिजको नारायणगढ शाखाकी अध्यक्ष सुस्मिता श्रेष्ठको अध्यक्षतामा शहीदचोकमा सम्पन्न कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी निरीक्षक धर्मबहादुर अधिकारी प्रमुख अतिथि रहेका थिए।
महान शहीदहरुको योगदानकै कारण देश गणतन्त्रसम्म आइपुगेको लेडी जेसिजकी महासचिव गौरी गुरुङले बताइन्। कम्तिमा वर्षमा एक पटकमात्रै शहीदहरुलाई सम्झिन सके मात्रै पनि शहीदको सपना पूरा हुने उनको भनाइ छ।
कार्यक्रममा लेडी जेसिजकी निःवर्तमान अध्यक्ष अनिता श्रेष्ठ अधिकारी, कार्यक्रम संयोजक रोज्ना रेग्मीलगायतको उपस्थिति थियो।