Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

चिनियाँ कम्पनीले ठेक्का लिएका आयोजनामा भएको ढिलाइबारे उपप्रधानमन्त्री नारायणकाजीको चासो

चिनियाँ कम्पनीले ठेक्का लिएका आयोजनामा भएको ढिलाइबारे उपप्रधानमन्त्री नारायणकाजीको चासो

images

इच्छाकामना न्युज

१६, माघ २०७९
चिनियाँ कम्पनीले ठेक्का लिएका आयोजनामा भएको ढिलाइबारे उपप्रधानमन्त्री नारायणकाजीको चासो
images

काठमाडौँ – उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा दुई देशको ऐतिहासिक सम्बन्धलाई असल छिमेकीका रूपमा अझै प्रगाढ बनाउने, निर्माण र पूर्वाधार अवस्था एवं सम्भावनाबारे महत्वपूर्ण छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। उपप्रधानमन्त्री श्रेष्ठको विभिन्न चासो र सरोकारलाई राजदूत सोङ्गले जवाफ दिएका थिए।

त्यसक्रममा राजदूत सोङ्गले टोखा–छहरे सडकको ‘इआइए’ प्रतिवेदन स्वीकृत गर्ने बित्तिकै चाइनाले थप कदम अगाडि बढाउने, ‘फिजिबिलिटी’ अध्ययन सकिनेबित्तिकै केरुङ–काठमाडौं रेलवेको काम अगाडि बढाइने, अरनिको राजमार्गको बिस्तार र मर्मतमा सहयोग गर्ने र नयाँ परियोजनाका लागि प्रस्तावहरू आएमा थप सहयोग गर्न तयार रहेको बताए। चिनियाँ निर्माण कम्पनीले ठेक्का पाएकामध्ये कलंकी–कोटेश्वर चक्रपथ, नारायणगढ–बुटवल सडक र मुग्लिन–पोखरा सडक बिस्तारमा असाध्यै ढिलाइ भएको र त्यसबाट जनताले सास्ती भोग्नुपरेकोमा समेत उपप्रधानमन्त्री श्रेष्ठले चासो राखेका थिए।

कलंकी–चाबहिल खण्डको केही स्थानमा अझै ‘साइट क्लिएर’ नभएको र नारायणगढ–बुटवल तथा मुग्लिन–पोखरा सडक निर्माण ढिलाइबारे आवश्यक समन्वय गरेर समयमै सम्पन्न गर्न सहयोग गर्ने राजदूत सोङ्गले बताए। उपप्रधानमन्त्री श्रेष्ठले संखुवासभा–किमाथांका नाका खुलाउनेबारे समेत राजदूत सोङ्गको ध्यानाकर्षण गराएका थिए।

rajdoot-song-shresth_.jpg

images
प्रकाशित मिति :माघ १६, २०७९ सोमवार - १७:२९:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology