Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

आफ्नै करोडौं बजेट खर्चमा सडक कालोपत्रे गर्दै गोरखाको शहिद लखन गाउँपालिका

आफ्नै करोडौं बजेट खर्चमा सडक कालोपत्रे गर्दै गोरखाको शहिद लखन गाउँपालिका

images

इच्छाकामना न्युज

१४, माघ २०७९
आफ्नै करोडौं बजेट खर्चमा सडक कालोपत्रे गर्दै गोरखाको शहिद लखन गाउँपालिका
images

स्थानीय तहले बजेटको सदुपयोग गर्न नसकेका गुनासा धेरै छन् । टुक्रे योजना निर्माण र बजेट विनियोजनमा वर्षहरू व्यथित भइरहेका छन् । अधिकांश स्थानीय तहले देखिने गरी काम गर्न नसकेको आरोप खेपिरहँदा केही पालिकाले भने ठूला आयोजना पनि आफ्नै बजेटले सञ्चालन गर्न लागेका छन् ।

गोरखाको शहीद लखन गाउँपालिकाले आफ्नै बजेटबाट सडक कालोपत्रे गर्न लागेको छ । प्रदेश सरकारले ढुंगागाडे देखि नामजुङसम्म पीच गरेर छोडेपछि पालिकाले त्यसलाई निरन्तरता दिन लागेको हो । प्रदेश सरकारले पालिका केन्द्र जोड्ने सडक स्तरोन्नति गर्ने निर्णय गरेपनि बिचैमा काम छोडिदियो ।

चालू वर्षको बजेटबाट शहिद लखनले साढे ३ किलोमिटर बाटो पक्की बनाउन लागेको हो । गोरखा सदरमुकामदेखि नामजुङ, घैरुङ हुँदै मनकामना जोड्ने सडकमा साढे ३ किलोमिटर खण्ड पालिकाले नै स्तरोन्नति गर्न लागेको अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिए । सडकको ठेक्का सम्झौता समेत भैसकेको छ ।

१४ करोड १६ लाख लागत अनुमान गरिएको आयोजनामा ९ करोड ९८ लाखमा ठेकेदारले सम्झौता गरेका हुन् । ‘६ वर्षसम्म हामीले धेरै कुरा सिक्यौँ । टुक्रे योजनाले तत्काल जनता खुसी भएपनि विकासमा खासै ठूलो प्रभाव देखिएन,’ उनले भने, ‘अब एकीकृत योजनाहरूमा हाम्रो फोकस रहन्छ ।’ संघ सरकारसँग समपूरक बजेटबाट सडक कालोपत्रे गर्न लागिएको उनले बताए ।

पूरा लागतको ५० प्रतिशत रकम संघ सरकारले व्यहोर्छ । उनले उक्त सडकलाई हरेक वर्ष स्तरोन्नति गर्दै केही वर्षभित्रै पूरा गर्ने बताए । उक्त टेण्डरबाट खगीसम्मको सडक कालोपत्रे हुने प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले जानकारी दिए । ठेक्का अनुसार २०८१ माघ ३० गते काम सक्नुपर्ने छ ।

images
प्रकाशित मिति :माघ १४, २०७९ शनिवार - ११:२८:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology