Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दिपकराज विश्वकर्माको ‘दुई दिनको जिन्दगि–हुटिट्याउ.....’को भिडियो सार्वजनिक

दिपकराज विश्वकर्माको ‘दुई दिनको जिन्दगि–हुटिट्याउ.....’को भिडियो सार्वजनिक

इच्छाकामना न्युज

१४, माघ २०७९
दिपकराज विश्वकर्माको ‘दुई दिनको जिन्दगि–हुटिट्याउ.....’को भिडियो सार्वजनिक
images

गायक संगीतकार दिपकराज विश्वकर्माको आवाज तथा संगीतमा लोक आधुनिक गीत 'दुई दिनको जिन्दगि-हुटिट्याउ' भिडियो सार्वजनिक भएको छ । सर्जक स्व.गीतकार देवीलाल अधिकारी र गीतकार अनिल अधिकारी (अनिश्चित)को 'दुई दिनको जिन्दगि-हुटिट्याउ' गीतको भिडियो सार्वजनिक ।

images
images

नेपाली गीत संगीत बजारमा दिनहु गीत संगीत भिडियो सार्वजनिक भैरहेका बेला बहुप्रतिभाका धनि गायक संगीतकार दिपकराज विश्वकर्माको आवाज तथा संगीतमा बिल्कुलै नयाँ फरक स्वादमा लोक तथा आधुनिक गीत (दुई दिनको जिन्दगि-हुटिट्याउ) गीतको भिडियो सार्वजनिक भएको छ ।

गीत एकदम लोक फ्लेवरमा गायक दिपकराजले संगीत तथा संगीत संयोजन गरेका छन,गीतमा शब्द सर्जक स्व.गीतकार देवीलाल अधिकारी र उनका सुपुत्र बहुआयामिक गीतकार अनिल अधिकारी (अनिश्चित) को रहेको छ । उक्त सार्वजनिक गीतलाई मिक्सिङ मास्टरिङ पनि गायक संगीतकार स्वयम दिपकराज विश्वकर्माले गरेका हुन् ।

गीतको भिडियोमा निर्देशन बिनोद भण्डारी, छायांकन राम केसी, नृत्य निर्देशन प्रशान्त मगर, सम्पादन अमृत चापागाईंको रहेको छ । भिडियोमा प्रशान्त मगर र आयुष्मा कार्कीको मनमोहक अभिनय देख्न पाईन्छ । गीत जति सुन्दर बनेको छ। गीतलाई जसरी बुवाले सुन्दर शब्दद्वारा सुरुवात गर्नु भएको थियो। उक्त गीतलाई मैले पुरा गरेर अडियो जसरी मेहनत गरेर राम्रो बनाएका छौं, त्यसरी नै भिडियो पनि उत्तिकै चाखलाग्दो र रमाईलो बनेको छ,भन्छन-उक्त सार्वजनिक गीतका गीतकार अनिल अधिकारी । भिडियोलाई भने कटेरो क्रियशन यूट्यूब च्यानलमा हेर्न सकिन्छ । 

images
प्रकाशित मिति :माघ १४, २०७९ शनिवार - १०:२७:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology