चरम वित्तिय सङ्कट खेपेको श्रीलङ्काकाको अर्थतन्त्रा सुधार देखिएको छ । अर्थतन्त्र सुधार गर्न भन्दै सन् २०२२ मा चार सय भन्दा बढी वस्तुको आयातमा लगाइएपछि त्यसयता दुई अर्ब ५० करोड भन्दा बढी अमेरिकी डलर बचत भएको श्रीलङ्काकाका वित्त राज्यमन्त्री रञ्जित स्याम्बालापिटियाले जानकारी दिनुभयो ।
बचत भएको रकमबाट इन्धन, औषधि, मल लगायतका अत्यावश्यक वस्तु आयात गरिएको छ । श्रीलङ्काले कर बढाएर राजस्व पनि बढाएको छ । त्यस्तै ब्याजदर बढाएर मुद्रास्फीति घटाएको छ उहाँले बताउनुभयो ।