Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

राष्ट्रियस्तरको केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख पाउने

राष्ट्रियस्तरको केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख पाउने

images

इच्छाकामना न्युज

१४, माघ २०७९
राष्ट्रियस्तरको केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख पाउने
images

काठमाडौँ । केपी ओली कप राष्ट्रियस्तरको गोल्डकप फुटबल प्रतियोगिता फागुन ११ देखि १७ सम्म राजधानीमा आयोजना हुने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा हुने यस प्रतियोगिताका विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने आयोजक युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलनमार्फत जनाएको छ । उपविजेताले ५ लाख रुपैयाँ पाउने छ ।

प्रतियोगितामा ‘ए’ डिभिजनका सात क्लब र एक आयोजक गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन् । सर्वोत्कृष्ट एक खेलाडीले १ लाख र उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई जनही ५० हजार पाउने संघका अध्यक्ष किरण पौडेलले जानकारी गराए ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा हुने प्रतियोगिताका प्रत्येक खेलको विजेता टोलीले २५ हजार र हरेक खेलको म्यान अफ द म्याचले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, च्यासल मैदानसहित दशरथ रंगशालामा हुने छ ।

images
प्रकाशित मिति :माघ १४, २०७९ शनिवार - ०८:५८:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology