Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

अपाङ्गतामैत्री संरचना नीति र नियममा मात्रै सीमित, वर्षौदेखि सास्ती भोग्दै नागरिक 

अपाङ्गतामैत्री संरचना नीति र नियममा मात्रै सीमित, वर्षौदेखि सास्ती भोग्दै नागरिक 

images

इच्छाकामना न्युज

१३, माघ २०७९
अपाङ्गतामैत्री संरचना नीति र नियममा मात्रै सीमित, वर्षौदेखि सास्ती भोग्दै नागरिक 
images

उषा तामाङ, काठमाण्डौ । अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त संरचना बनाउनुपर्ने बहस सुरु भएको वर्षौ बिते पनि व्यवहारिक कार्यान्वयन हुन सकेको छैन । अपाङ्गतामैत्री संरचना बनाउनकै लागि मन्त्रिपरिषद्को २०६९ फागुन ६ गते बसेको बैठकलेअपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका स्वीकृत गरेको थियो । निर्देशिका स्वीकृत भएको १० वर्ष बित्दा समेत सार्वजनिक स्थानमा अपाङ्गतामैत्री संरचना बन्न सकेको छैन ।

निर्देशिकामा सार्वजनिक कार्यालय, पार्क, सार्वजनिक यातयात, शौचालय तथा भवन, बसपार्क, होटल लगायत सबै स्थानमा पहुँचयुक्त पूर्वाधार र मापदण्ड निर्माण गर्ने उल्लेख छ । १० वर्षे राष्ट्रिय कार्ययोजनाले पनि यिनै विषयलाई उठाएको छ । पत्रकार तथा अपाङ्गता मामिलाका अधिकारकर्मी गजेन्द्र बुढाथोकीले सरकारले नीति, निर्देशिका, कार्ययोजनाको चाङ लगाए पनि कार्यान्वयन गर्नैपर्ने बाध्यकारी व्यवस्था नहुँदा अपाङ्गता भएका व्यक्तिले समस्या झेलिरहेको बताउनुभयो ।

पूर्ण दृष्टिविहीन गोरखाका समिक्षा भट्टराईले सार्वजनिक स्थानमा आफूहरूलाई सहज हुने संरचना नबन्दा वर्षौदेखि समस्या भइरहेको गुनासो गर्नुभयो । आर्थिक वर्ष २०७७÷०७८ मा अपाङ्गतामैत्री संरचना निर्माण गर्नको लागि अर्को १० वर्षे राष्ट्रिय कार्ययोजना पनि बनेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले भने विस्तारै अपाङ्गतामैत्री संरचना बनिरहेको दाबी गरेको छ । सूचना अधिकारी बिक्रमप्रसाद पाण्डेले सरकारबाट अब बन्ने नयाँ संरचनालाई अपाङ्गतामैत्री बनाउन जोड दिइरहेको बताउनुभयो । वर्षौदेखिको समस्या समाधान हुन समय लाग्ने बताउँदै पाण्डेले अपाङ्गतामैत्री संरचना क्रमश निर्माण हुँदै जाने बताउनुभयो । 

images
प्रकाशित मिति :माघ १३, २०७९ शुक्रवार - ०८:५२:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology