Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आत्मदह गरेका प्रेमप्रसादले उठाएको विषयमा छानविन गर्ने मन्त्रिपरिषद्को निर्णय

आत्मदह गरेका प्रेमप्रसादले उठाएको विषयमा छानविन गर्ने मन्त्रिपरिषद्को निर्णय

images

इच्छाकामना न्युज

११, माघ २०७९
आत्मदह गरेका प्रेमप्रसादले उठाएको विषयमा छानविन गर्ने मन्त्रिपरिषद्को निर्णय
images

काठमाडौँ । मंगलबार आत्मदह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने निर्णय गरेको छ ।

आज (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यले उठाएका विषयवस्तुमा छानबिन गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको छ । ‘उहाँले उठान गरेको विषय अध्ययन गरेर गृह मन्त्रालयले छानबिन गर्ने र सत्य तथ्य बाहिर आएपछि सरकारले आवश्यक कदम चाल्ने निर्णय भएको छ’ उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भने ।

गृहमन्त्री लामिछानेले बुधबार नै आचार्यको परिवारसँग भेटेर उनले उठाएका विषयमा छानबिन गर्ने प्रतिवद्धता जनाएका थिए । आचार्यले मंगलबार नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो लगाएका थिए । उनको उपचारका क्रममा बुधबार विहान मृत्यु भएको थियो ।

images
प्रकाशित मिति :माघ ११, २०७९ बुधवार - २१:३९:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology