Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

निर्मला कुर्मीलाई न्यायको माग गर्दै माइतिघरमा ३५ दिनदेखि प्रदर्शन 

निर्मला कुर्मीलाई न्यायको माग गर्दै माइतिघरमा ३५ दिनदेखि प्रदर्शन 

images

इच्छाकामना न्युज

१०, माघ २०७९
निर्मला कुर्मीलाई न्यायको माग गर्दै माइतिघरमा ३५ दिनदेखि प्रदर्शन 
images

अविनाश आचार्य, काठमाडौँ । एकल महिला निर्मला कुर्मीको अ

पहरणपछि हत्या भएको दावी गर्दै छानबिन गर्न मागसहित काठमाडौँको माइतिघरमा ३५ दिनदेखि प्रदर्शन भइरहेको छ । निर्मलाको परिवारका सदस्यसहित अधिकारकर्मीको समूहले घटनाको छानबिन र दोषीलाई कारबाही गर्न माग गर्दै तेस्रो पटक काठमाडाँैको माइतिघर मण्डलामा प्रदर्शन गरिरहेको छ । झन्डै १६ महिनादेखि यो समूह आन्दोलनमा छ ।

गृहमन्त्री रवि लामिछानेले टेलिभिजन प्रस्तोता रहँदा निर्मला कुर्मीको मृत्युबारे न्यायोचित अनुसन्धान गर्न माग गर्नु भए पनि सिंहदरबार छिरेपछि उहाँको बोलीसँगै व्यवहार पनि फेरिएको नागरिक अगुवा, खगेन्द्र सङ्ग्रौलाले बताउनुभयो ।

निर्मला कुर्मीसहित उहाँको परिवारकै हत्याको आरोप खेपेका बादशाह कुर्मी, बाँकेबाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको छ । हत्या आरोपी नै सांसद बनेपछि प्रभावितले न्याय पाउने सम्भावना झन् कमजोर भएको अधिकारकर्मीहरू बताउँछन् ।

२०७६ चैत १४ गते बाँकेका निर्मला कुर्मीको भारतमा शङ्कास्पद मृत्यु भएको थियो । 

images
प्रकाशित मिति :माघ १०, २०७९ मंगलवार - ०८:५८:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology