Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आजदेखि शहीद सप्ताह सुरु, पहिलो दिन शुक्रराजको सम्झना

आजदेखि शहीद सप्ताह सुरु, पहिलो दिन शुक्रराजको सम्झना

images

इच्छाकामना न्युज

१०, माघ २०७९
आजदेखि शहीद सप्ताह सुरु, पहिलो दिन शुक्रराजको सम्झना
images

काठमाडौं । शहीद सप्ताह सुरु भएको छ। प्रजातन्त्र स्थापना एवं विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरी सप्ताह मनाइन्छ।

शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको सम्झनामा काठमाडौं महानगरपालिकाले मंगलबार बिहान टेकु मचलीमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ।

श्रद्धाञ्जली सभामा काठमाडौं महानगरका प्रमुख, उपप्रमुखसहित महानगरका पदाधिकारीहरूको उपस्थिति रहने महानगरका सहायक प्रवक्ता दिपक अधिकारीले जानकारी दिए। त्यस्तै १३ गते सिफल उकालो र १५ गते शोभा भगवतीमा कार्यक्रम हुनेछ। यस्तै माघ १६ गते शान्ति बाटिकाबाट प्रभातफेरी गर्दै लैनचौरमा पुगेर शहीद स्तम्भमा सभा हुनेछ।

वि.सं २०१२ देखि तत्कालीन काठमाडौं नगरपालिकाको संयोजनमा शहीद सप्ताह तथा दिवस मनाउने गरिएको छ। स्वतन्त्रताको माग गर्दा १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।

images
प्रकाशित मिति :माघ १०, २०७९ मंगलवार - ०८:४६:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology