Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गायक अनिल राईको ‘नछुटोस्’ गित सार्बजनिक

गायक अनिल राईको ‘नछुटोस्’ गित सार्बजनिक

इच्छाकामना न्युज

२६, पौष २०७७
गायक अनिल राईको ‘नछुटोस्’ गित सार्बजनिक
images

आफूलाई कलाकारिता क्षेत्रमा स्थापित गराउने प्रयासमा रहेका गायक अनिल राईको पछिल्लो समय ‘नछुटोस्’ बोलको गीत सार्बजनिक भएको छ। चितवनको भरतपुर निवासी गायक राईको यो चौथो गीत हो। गीतको शब्द गायक राईले आफैँ कोरेका हुन् भने विशाल पौडेलले संगीत भरेका छन्। नेपाली पप गीतसंगीतमा फरक खालको पहिचान दिलाउन भरमग्दुर प्रयासरत उनले नछुटोस् बोलको गीत क्रिसमस दिवसको दिन सार्वजनिक गरेका हुन्। गीतको भिडियोमा भावना गुरूङ र गोकर्ण बम्जनले अभिनय गरेका छन्। आभास रानाको निर्देशन र छायांकनमा तयार भएको भिडियोको सम्पादन भने सुबोध श्रेष्ठले गरेका छन्। सुन्दर शब्दमार्फत मायाप्रेमको भाव प्रकट भएको गीतको भिडियो काठमाडौं र चितवनका विभिन्न स्थानमा छायांकन गरिएको हो। भरतपुर १२, मुनालचोकका राईले यसअघि ‘बाल्यकाल’ नामक गीत बजारमा ल्याएका थिए। दुवई र कतार गरी ७ वर्ष वैदेशिक रोजगारमा समय बिताएका उनलाई विदेशको बसाइले नै गीतसंगीतप्रतिको मोह बढाइदियो। स्वदेशमा रहँदा स्रोतामात्रै बनेका उनी विदेश बसाइले गायक बन्ने सोचाइ बनाएर नेपाल फर्काइदियो। स्वदेश फर्किएपछि गीत–संगीतको भीडमा बाटो छिचोल्ने प्रयासमा लागे, त्यो पनि मोफसलमै बसेर। करिब ३ वर्षपहिले ‘तिम्रो मान्छे म’ बोलको गीत गाएर नेपाली गीतसंगीतमा औपचारिक रुपमा प्रवेश गरेका उनले त्यसपछि ‘झूटो होइन’ बोलको अर्को गीत ल्याए। मोफसलबाटै सांगितिक आकाशमा संघर्ष गरिरहेका उनले गीतसंगीतबाटै आर्थिक रुपमा नाफा कमाउन नसके पनि धेरथोर दर्शकस्रोतमाझ चिनाउन सफल भएका छन्। चौथो गीतसम्म आइपुग्दा धेरै कुरा सिक्ने मौका पाएको उनी बताउँछन्। परिवारको साथ र सहयोगका कारण निरन्तर गीतसंगीतमा समय दिन पाएको उनको भनाइ छ।

images
images

images
प्रकाशित मिति :पौष २६, २०७७ आइतवार - २०:३१:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology