Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

गोरखाको शहिद लखनमा सुत्केरी भेटघाट कार्यक्रम सुरु

गोरखाको शहिद लखनमा सुत्केरी भेटघाट कार्यक्रम सुरु

images
गोरखाको शहिद लखनमा सुत्केरी भेटघाट कार्यक्रम सुरु
images

घैरुङ । शहिद लखन ७ मा गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम सुरु भएको छ । पालिका भित्रका प्रत्येक सुत्केरी महिलाको घरमै पुगेर आमा र बच्चाको स्वास्थ्य अवस्था बुझने कार्यक्रम सुरु गरिएको हो ।

गत शुक्रबार पालिकाको वडा ७ स्थितमा बुङकोटमा गर्भवती तथा सुत्केरी महिलाहरुलाई घरदैलोमै पुगेर पोषिलो आहार वितरण गरिएको थियो । वडा अध्यक्ष शरण श्रेष्ठ र वडाका स्वास्थ्यकर्मीहरु गर्भवती तथा सुत्केरी महिलाहरुलाई घरदैलोमै पुगी पोषिलो आहार वितरण गरेका हुन् ।

जनप्रतिनिधी तथा स्वास्थ्यक्रमी लगाईतको टोली गई बुंकोट स्वास्थ्य चौकीमा र घर घरमा सुत्केरी महिलाहरुलाईसाग, आयोडिन नुन, नङकट, टुथपेष्ट, ब्रस, साबुन, तेल चना र अण्डा कोसेली स्वरुप वितरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । शुक्रबार दुईजनालाई घरदैलोमा पुगी वितरण गरिएको उनले बताए ।

प्रत्येक सुत्केरीलाई करिब आठ सय बराबरको पोष्टिक आहार र सरसफाईका लागि आवश्यक सामग्री कोशेली स्वरुप लिएर घरदैलामा पुग्ने गरेको स्वास्थ्य शाखाका संयोजक विरेन्द्र श्रेष्ठले बताए । उनका अनुसार पालिकामा साउन यता सुत्केरी भएका ५२ महिला छन् । स्वास्थ्यकर्मी र स्वास्थ्यस्वसेविको टोली सबैकोमा पुग्ने गाउँपालिकाले योजना बनाएको छ । सो अवसरमा पालिकाका स्वास्थ्यकर्मी पौष्टिक आहारा, सरसफार्ई साथै नियमित बच्चाको तौल लिन सुझाव दिने गरेको उनले बताए ।

images
प्रकाशित मिति :माघ ९, २०७९ सोमवार - ०९:०६:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology