Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

‘जीवनसाथी’ माघ १३ गतेदेखि देशभर प्रदर्शन हुने

‘जीवनसाथी’ माघ १३ गतेदेखि देशभर प्रदर्शन हुने

‘जीवनसाथी’ माघ १३ गतेदेखि देशभर प्रदर्शन हुने
images

प्रेमकथामा आधारित चलचित्र ‘जीवनसाथी’ माघ १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । दीपक तामाङ लामाले निर्देशन गरेको चलचित्र ‘जीवनसाथी’आउँदो शुक्रबारदेखि देशभरका हलहरुबाट प्रदर्शनमा आउने भएको हो ।

images
images

यो चलचित्रको मुख्य भूमिकामा किशोर खतिवडा, अर्जुन गुरुङ, जयकिसन बस्नेत, सानिया खान रहेका छन् । प्रिन्सराज श्रेष्ठ, भरत कुमार मल्ल, दिपक तामाङ लामाको निर्माण रहेको चलचित्र फायर इन्टरप्राइजेज प्रा.लि. र सिन्का फिल्म प्रोडक्सन प्रा.लि.ले निर्माण गरेको हो ।

भरतकुमार मल्लको प्रस्तुति रहेको चलचित्र मुलुकबाहिर मलेसिया, फ्रान्स, पोर्चुगल, जापानमा समेत विशेष प्रदर्शन हुने निर्देशक लामाले जानकारी दिएका छन् ।

नेपाली तथा तामाङ भाषाको दर्जनौं सफल चलचित्रहरु प्रस्तुत गरिसकेका निर्देशक लामा दर्शकले चलचित्र रुचाउनेमा विश्वस्त छन् । चलचित्रको वितरक आर.आर. फिल्मसको रहेको छ । 

images
प्रकाशित मिति :माघ ८, २०७९ आइतवार - २२:४९:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology