Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

एकीकृत समाजवादीले मन्त्रालय मागेपछि बागमती प्रदेश मन्त्रिपरिषद् विस्तारमा समस्या

एकीकृत समाजवादीले मन्त्रालय मागेपछि बागमती प्रदेश मन्त्रिपरिषद् विस्तारमा समस्या

images
एकीकृत समाजवादीले मन्त्रालय मागेपछि बागमती प्रदेश मन्त्रिपरिषद् विस्तारमा समस्या
images

हेटौडा । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने सबै पार्टीले मन्त्रालय माग्न थालेपछि मन्त्रिपरिषद् विस्तारमा समस्या आएको छ । मन्त्रालय संख्या घटाउने भनिए पनि एकीकृत समाजवादीले पनि दुई मन्त्रालय मागेपछि समस्या आएको हो ।

बागमतीमा सरकार बनेर विश्वासको मत पाइसकेपनि मन्त्रिपरिषद् विस्तारमा प्रदेश सरकारको निर्णय क्षमता कमजोर देखिएको छ । मुख्यमन्त्री जमकट्टेल मन्त्रिपरिषद् विस्तारका लागि केन्द्रको निर्णय पर्खेर बसेका छन् । उनी भागबण्डा मिलाइदिन आग्रह गर्दै काठमाडौंमा नेताहरु कहाँ ‘डेलिगेशन’ नै जान थालेका छन् ।

बागमती प्रदेशमा सत्ता साझेदार दलहरुमा मन्त्रीका आकांक्षीहरु धेरै र मन्त्रालय सीमित भएकाले प्रदेश सरकारहरुले समयमै पूर्णता पाउन नसकेका हुन् । मन्त्रिपरिषद् विस्तारमा सकस भएसँगै बागमतीका मुख्यमन्त्री काठमाडौँ आएर शीर्ष नेताहरुको सहयोग मागिरहेका छन् । उनले शीर्ष नेताहरु प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि एमाले अध्यक्ष केपी शर्मा ओलीसमेतलाई भेटेर सहजीकरण गरिदिन आग्रह गर्ने गरेका छन् ।

केन्द्रमा भएको सत्ता साझेदार दलको समीकरण अनुसार नै प्रदेशमा पनि सरकार बनेको हो । सोही कारणले पनि प्रदेशले केन्द्रसँग समन्वय नगरी सरकार विस्तार गर्न सकस छ । उसो त साझेदार दलहरुबीचको किचलोका कारण केन्द्रमा समेत प्रधानमन्त्री प्रचण्डले शपथ लिएको तीन सातापछि सरकार विस्तार भएको थियो ।

बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल पुस २६ गते मुख्यमन्त्रीको शपथ लिएर सोही दिन र राप्रपाका उद्धव थापालाई विना विभागीय र एमालेका जगन्नाथ थपलियालाई आर्थिक मामिला मन्त्री बनाएका थिए । बागमती प्रदेशको सत्ताको बागडोर सम्हालेको कै दिन मुख्यमन्त्री जम्कट्टेलले प्रदेशमा कायम रहेका १४ मन्त्रालयलाई घटाउने निर्णय गरेका थिए । उनको सो निर्णयलाई मन्त्रिपरिषद्को बैठकले पनि सदर गर्दै मन्त्रालयको संख्या घटाउन अध्ययन कार्यदल नै गठन गरेको थियो ।

गत पुस २६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यदललाई १५ दिनभित्र मन्त्रालयको संख्या घटाउन अध्ययन प्रतिवेदन पेस गर्ने समय तोकेको थियो । जसअनुसार समितिले उक्त प्रतिवेदन माघ ९ गते प्रदेश सरकारलाई पेस गर्नेछ । समितिले नौ वा ११ मन्त्रालय बनाउन सकिने भन्ने प्रतिवेदन तयार पारेको छ । मुख्यमन्त्री र दुई मन्त्री केही दिनयता काठमाडौमा छन् । उनीहरुलाई कति मन्त्रालय कायम गर्ने र कसलाई कुनकुन मन्त्रालय दिने भन्ने विषयमा निर्णय गर्न कठिनाइ भएको बताउँछन् ।

त्यसो त नेकपा एकीकृत समाजवादीले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएकाले उसलाई पनि सरकारमा सहभागी गराउने मुख्यमन्त्री कट्टेलको तयारी भए पनि एमाले उसलाई सहभागी गराउन चाहदैन । यसले पनि समस्या भएको बताइएको छ ।
यसअघि एमालेले ५ माओवादीले ४ र राप्रपाले ३ मन्त्रालय लिने सहमति भएको थियो । तर मन्त्रालय संख्या घटाउने र सरकारमा जाने दल बढ्ने हुँदा थप समस्या भएको बताइएको छ ।

यो प्रदेशमा पछिल्लो समय हाम्रो नेपाली पार्टी र नेकपा एस पनि सरकारमा जान चाहेका छन् । स्रोतका अनुसार हाम्रो नेपाली पार्टीलाई १ र नेकपा एसले २ मन्त्रालय मागेका छन् ।

images
प्रकाशित मिति :माघ ८, २०७९ आइतवार - २२:४१:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology