मकैसिङ । गोरखाको गण्डकी गाउँपालिकामा सम्पन्न स्वास्थ्य शिविरमा ८,०० जनाले स्वास्थ्य सेवा लिएका छन् । पुस २६ गतेदेखि माघ ५ गते सम्म चलेको उक्त शिविरमा ८०० जनाले आँखाको जाँच गराएका थिए । ८,०० जनाको स्क्रिनिङ् गर्दा ४१ जनाको मोतिया विन्दु पहिचान भएका थिए । जसमध्ये २८ जनाको निःशुल्क अप्रेसन गरिएको छ । यातायात खाना बस्न सम्पूर्ण सेवा निःशुल्क दिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कुमार सुनारले जानकारी दिए ।

आँखाको अप्रेसनपछि उनिहरुले खुशी व्यक्त गरेका छन् । उनिहरुले आँखाको पट्टि खोल्दा छुट्टै संसार देखे जस्तो अनुभव व्यक्त गरेका थिए । उनिहरुले गाउँपालिका र सहयोगी संस्थाहरुलाई धन्यावाद दिएका थिए ।
गण्डकी गाउँपालिकाको आयोजना तथा नेश्नल आइ केयर फाउण्डेसन, हिमालय आँखा हस्पिटल पोखरा, नेपाल नेत्र ज्योती संघ, लायन्स क्लब अफ गोरखा र गोरखा लायन्स आँखा सेवा केन्द्रको प्राविधिक सहयोगमा शिविर सम्पन्न गरेको स्वास्थ्य शाखा प्रमुख सुनारले बताए। उक्त शिविरबाट वडा नम्बर १ देखि ८ सम्मका नागरिकहरु लाभान्वित भएको उनले बताए ।