Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

अफगानिस्तानमा शीतलहरका कारण १ सय ४ जनाको मृत्यु 

अफगानिस्तानमा शीतलहरका कारण १ सय ४ जनाको मृत्यु 

images

एजेन्सी

८, माघ २०७९
अफगानिस्तानमा शीतलहरका कारण १ सय ४ जनाको मृत्यु 
images

अफगानिस्तानमा शीतलहरका कारण चिसोले कठ्याङ्ग्रिएर मृत्यु हुनेको सङ्ख्या १ सय ४ पुगेको छ । तालिवान सरकारले देशको विभिन्न प्रान्तमा चिसोका कारण मृत्यु भइरहेको खबर आएको बताएको छ । शीतलहरका कारण करिब ७० हजार पशु पनि मरेका बीबीसीले जनाएको छ ।

तालिवान सरकारका प्रवक्ताले एक महिनामा झण्डै ४० हजार परिवारलाई खानपिनको व्यवस्था गरेको र केही राहत पनि दिएको दाबी गरेका छन् । संयुक्त राष्ट्रसङ्घले पनि अफगानिस्तानमा बढ्दो चिसोका कारण बढिरहेको मानवीय सङ्कटको बारेमा चिन्ता व्यक्त गरेको छ । 

images
प्रकाशित मिति :माघ ८, २०७९ आइतवार - ०९:०६:३४ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology