Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

भोलि रातिदेखि सक्रिय हुन लागेको पश्चिमी वायु केही बलियो : मौसमविद्

भोलि रातिदेखि सक्रिय हुन लागेको पश्चिमी वायु केही बलियो : मौसमविद्

images
भोलि रातिदेखि सक्रिय हुन लागेको पश्चिमी वायु केही बलियो : मौसमविद्
images

चितवन । भोलि रातिदेखि सक्रिय हुन लागेको पश्चिमी वायु केही बलियो देखिएको मौसमविद्ले बताएका छन् । यसपाली आएका पश्चिमी वायुहरू कमजोर हुँदा हिउँदे वर्षा राम्ररी हुन सकेको छैन । तर भोलि राति नेपालको पश्चिमी भेगबाट नेपाल प्रवेश गर्ने प्रणाली केही बलियो देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले यो प्रणालीको प्रभावले भोलिरातिदेखि पर्सि दिउँसोसम्म सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिनुधयमे । उहाँका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका थोरै स्थानहरूमा हल्का हिमपात पनि हुनेछ ।

अहिलेसम्मको अवस्था हेर्दा यो प्रणाली पर्सिसम्म नै पश्चिममा रहने देखिएको उहाँको भनाइ छ । महाशाखाले ३ दिनसम्मको मात्र मौसम पूर्वानुमान गर्ने गरेकाले पर्सिसम्मको अवस्थामात्र थाहा भएको हो । आजलाई भने प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

images
प्रकाशित मिति :माघ ८, २०७९ आइतवार - ०९:०४:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology