Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

वायु प्रदूषण बढ्दै, उपत्यकाको वायु सबैभन्दा बढी प्रदूषित 

वायु प्रदूषण बढ्दै, उपत्यकाको वायु सबैभन्दा बढी प्रदूषित 

images
वायु प्रदूषण बढ्दै, उपत्यकाको वायु सबैभन्दा बढी प्रदूषित 
images

काठमाण्डौ । हावाको गुणस्तर सूचक मापक एअर क्वालिटी इन्डेक्सले देशभर वायु प्रदूषण बढेको देखाएको छ । काठमाडौँ उपत्यकासहित धनकुटा र दाङमा पनि वायु प्रदूषण उच्च भएको छ । एक्यूआईका अनुसार बिहान सवा ७ बजे सबैभन्दा धेरै भक्तपुरमा एक्यूआई एक सय ६३, काठमाडौँमा एक सय ६१ र ललितपुरमा १ सय ५९ छ ।

त्यस्तै धनकुटामा एक्यूआई एक सय ६० र दाङको तुलसीपुरमा एक सय ५४ रहेको छ । हिउँदे वर्षा नहुँदा प्रदूषण बढ्न थालेको हो । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ ।

एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ । वायु प्रदूषण बढ्दा स्वास्थ्यमा पनि प्रत्यक्ष असर गर्ने भएकाले घरभित्रै बस्न र बाहिर निस्कदा मास्कको अनिवार्य प्रयोग गर्न स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।

images
प्रकाशित मिति :माघ ६, २०७९ शुक्रवार - ०९:४९:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology