Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

ल्होछार मनाउने तयारीमा चितवनका तामाङ समुदाय 

ल्होछार मनाउने तयारीमा चितवनका तामाङ समुदाय 

images
ल्होछार मनाउने तयारीमा चितवनका तामाङ समुदाय 
images

भरतपुर । चितवनका तामाङ समुदाय ल्होछार पर्व मनाउने तयारीमा जुटेका छन्। २८५९औँ सोनाम ल्होछार मनाउनका लागि तामाङ जातिसँग सम्बन्धित सबैजसो संघसंस्था तयारीमा लागेका हुन्। 
भरतपुर नगर तामाङ समाजले विगतका वर्षहरूमा जस्तै यसवर्ष पनि धुमधामका साथ ल्होछार मनाउने तयारी गरिएको बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराइसकेको छ। अन्य संघसंस्थाले पनि आ–आफ्नो स्थानमा ल्होछार मनाउने तयारी गरिरहेको छ। 

भरतपुर नगर तामाङ समाजले तामाङ जातिसँग सम्बन्धित विभिन्न संघसंस्थाहरूसँगको सहकार्यमा ल्होछार मनाउने तयारी गरिरहेको समाजकी अध्यक्ष पासाङ लामा तामाङले जानकारी दिइन्। भरतपुर–११ भोजाडस्थित छेच्यु थर्पलिङ गुम्बामा ल्होछार मनाउने तयारी गरेको हो। माघ ८ गते परेको ल्होछारका लागि दूध पोखरी बौद्ध तामाङ समाज, पाख्रिन तामाङ समाज, जिम्बा तामाङ समाज, योञ्जन तामाङ समाज, गोले तामाङ समाज, दोङ तमाङ समाज, ल–लुङ्वा तामाङ समाजलगायतका गुठीहरूले सह–आयोजकको भूमिका निर्वाह गर्दैछन्। 

माघ ८ गते दिनभर हुने कार्यक्रममा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरूमार्फत सांस्कृतिक कार्यक्रम हुने अध्यक्ष तामाङले बताइन्। सांगीतिक प्रस्तुतिका लागि सेलो गायक जेवी जिम्बा, प्रितम गोले, लोक तथा दोहोरी गायक राज लामालगायत स्थानीय कलाकारहरूले प्रस्तुति दिनेछन्। 

भरतपुर–११, लामाटोलमा रहेको विश्व पञ्चशील शान्ति बुद्ध गुम्बाले पनि सोही दिन वृहत् सांस्कृतिक कार्यक्रमसहित ल्होछार मनाउने तयारी गरिरहेको गुम्बाकी अध्यक्ष शिवकुमारी लामाले जानकारी दिइन्। उनका अनुसार गुम्बा परिसरमै हुने कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरू प्रतिक मोक्तान, हावा लामा, सीया तामाङ, सोयल लामा, दीपेश वस्ती, एकेए खत्रीलगायतले दिनभर सांगीतिक प्रस्तुति दिनेछन्। 

स्थानीय क्लब युनिक युथ क्लब र लोज्याङ गुठी सह–आयोजकको रूपमा कार्यक्रममा सहभागी हुने उनले बताइन्। यसबाहेक पनि तामाङ जातिको बसोबास रहेका टोल तथा गुम्बाहरूमा बाघ वर्ग (ता ल्हो)लाई बिदाइ गर्दै बिरालो वर्ग (ह्यीइ ल्हो)लाई स्वागत गरेर ल्होछार मनाउने कार्यक्रम छ। चन्द्र पात्रोअनुसार तामाङ समुदायले यसपटक २८५९औँ ल्होछार पर्व मनाउन लागेको हो। 

images
प्रकाशित मिति :माघ ५, २०७९ बिहिवार - १८:२२:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology