Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

शिव परियार र अन्नु चौधरी खिचरा महोत्सवको आजको प्रमुख आकर्षण

शिव परियार र अन्नु चौधरी खिचरा महोत्सवको आजको प्रमुख आकर्षण

images
शिव परियार र अन्नु चौधरी खिचरा महोत्सवको आजको प्रमुख आकर्षण
images

चितवन । आठौँ खिचरा महोत्सवको सांस्कृतिक कार्यक्रमअन्तर्गत आज चर्चित गायक शिव परियार र गायिका अनु चौधरीसँगै विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरू सांगितक प्रस्तुति दिनेछन्। पुस २८ देखि सुरू भएको महोत्सवमा हरेक दिन विविध सांस्कृतिक कार्यक्रम आयोजना हुँदै आएको छ। सोही क्रममा महोत्सवको चौथो दिन आज पनि शिव परियार र अनु चौधरी मुख्य आकर्षणको रूपमा रहने सूचना तथा समाचार सम्प्रेषण समितिका संयोजक दीपेश चौधरीले जानकारी दिए। 

Annu.jpg

त्यसका साथै थारू कलाकारहरू फिलीप चौधरी, रूविना चौधरी तथा स्तब्ध व्याण्डका कलाकारहरूले प्रस्तुति दिनेछन्। रत्ननगर कला मन्दिर र थारू सांस्कृतिक नृत्य तथा विभिन्न आदिवासी जनजाति समुदायको नृत्यसमेत महोत्सवमा प्रस्तुत गरिने उनले बताए । माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सव अवधिभर नै सांस्कृतिक कार्यक्रम जारी रहनेछ। 

यस्तै विभिन्न खालका खेलकुद प्रतियोगितासमेत सञ्चालन भएका छन्। कृषि प्रदर्शनीले पनि महोत्सवमा स्थान पाएको छ। करिब १५० व्यावसायिक स्टल रहेको महोत्सवमा थारू पहिचान झल्काउने प्रयास गरिएको छ।

images
प्रकाशित मिति :माघ २, २०७९ सोमवार - ०८:४१:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology