Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

पुलिस रिपोर्टका लागि दैनिक झण्डै ४ हजारले दिन्छन् आवेदन 

पुलिस रिपोर्टका लागि दैनिक झण्डै ४ हजारले दिन्छन् आवेदन 

images

सिआईएन

१, माघ २०७९
पुलिस रिपोर्टका लागि दैनिक झण्डै ४ हजारले दिन्छन् आवेदन 
images

उषा तामाङ, काठमाडौँ । विदेश जान र स्वेदशमै पनि कतिपय संस्थामा काम गर्न लिइने पुलिस रिपोर्टबनाउँदा पनि सर्वसाधारण नागरिक ठगिएका छन् । अनलाइनबाट आफैले फर्म भर्न नजान्ने अर्थात प्रविधि र प्रणालीसँग जानकार नभएका सर्वसाधारण नागरिक विचौलिया र मेनपावर व्यवसायीबाट ठगिएका हुन् । पुलिस रिपोर्टका लागि नेपाल प्रहरीलाई कुनै शुल्क तिर्नुनपर्ने भए पनि सर्वसाधारण नागरिकले २ हजार १ सयसम्म मेनपावर व्यवसायीलाई बुझाएका छन् ।

पुलिस रिपोर्टका लागि नेपाल प्रहरीको वेभसाइट मार्फत आवेदन दिएको १ साता भित्र रिपोर्ट इमेल मार्फत नै प्राप्त हुने भएकाले अनावश्यक रकम कसैलाई नबुझाउन नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेक प्रसाद राईले अनुरोध गर्नुभयो ।

अनलाइनबाटै फारम भर्न र रिपोर्ट लिन मिल्ने व्यवस्था गरे यता १२ लाख ६७ हजारभन्दा बढीले अनलाइनबाट यस्तो रिपोर्ट लिएका छन् । पुलिस रिपोर्टका लागि दैनिक ३ हजार ९ सय जनाले आवेदन दिने गरेका छन् ।

आवेदन दिँदा राहदानी र नागरिकताको प्रतिलिपि, विवाहित भए विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचेको पासपोर्ट साइजको रङ्गीन फोटो आवश्यक पर्छ । 

images
प्रकाशित मिति :माघ १, २०७९ आइतवार - ०८:५३:२७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology