Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आगामी शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पु¥याउने सरकारको लक्ष्य 

आगामी शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पु¥याउने सरकारको लक्ष्य 

images

सिआईएन

२९, पौष २०७९
आगामी शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पु¥याउने सरकारको लक्ष्य 
images

उषा तामाङ, काठमाडाँ । आगामी शैक्षिक सत्रमा सम्पूर्ण विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पु¥याउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । तर समयमै पाठ्यपुस्तक पाइने र पठनपाठनको कामसमयमै सकिने विद्यालय, विद्यार्थीको अपेक्षा यसपाली पनि पूरा हुनेमा सरोकारवाला निकाय भने ढुक्क हुन सकेका छैनन् ।

जनक शिक्षा सामग्री केन्द्रले कक्षा १ देखि ३ सम्मका १२ लाख थान, ४ देखि १० सम्मका २ करोड ४ लाख थान पुस्तक छाप्ने काम गरिरहेको छ । कक्षा ११ र १२ का लागि भने २४ लाख थान पुस्तक छाप्ने योजना रहेको केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झाले जानकारी दिनुभयो । केन्द्रले हालसम्म ४५ लाख थान किताब छापिसकेको छ ।

गएका वर्षहरूमा देखा परेका समस्या यस वर्ष नदोहोरिने गरि काम भइरहको केन्द्रको दाबी छ । शिक्षा मन्त्रालयका अनुसार सरकारी र निजीका गरी ८२ लाख विद्यार्थी छन् ।

उनीहरू सबैको हातमा किताब पु¥याउने गरी काम भइरहेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले दाबी गर्नुभयो । चालु शैक्षिकसत्रमा कागज अभाव र निर्वाचनका लागि मतपत्र छाप्नुपरेका कारण समयमै पाठ्यपुस्तक छाप्न नसकेको सरकारको भनाइ थियो । 

images
प्रकाशित मिति :पौष २९, २०७९ शुक्रवार - ०९:२०:१९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology