Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गुणस्तरहिन कागज नै आपूर्ति गरेको पुष्टि भए कारवाही गर्ने जनकशिक्षाको स्पष्टोक्ति 

गुणस्तरहिन कागज नै आपूर्ति गरेको पुष्टि भए कारवाही गर्ने जनकशिक्षाको स्पष्टोक्ति 

images

इच्छाकामना न्युज

२९, पौष २०७९
गुणस्तरहिन कागज नै आपूर्ति गरेको पुष्टि भए कारवाही गर्ने जनकशिक्षाको स्पष्टोक्ति 
images

काठमाण्डौ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फिर्ता गरेको कागज नै आपूर्ति भएको पुष्टि भए कारवाही गर्ने स्पष्ट पारेको छ । केन्द्रले आज सूचना निकालेर अस्ति बुधवार केन्द्रले  फिर्ता गरेको  कागज  नै  आपूर्तिकर्ताले पुनः ल्याएकोबारेमा छानबिन गरी दोषी भएमा कारबाही गर्ने प्रतिबद्धता जनाएको हो ।

बोलपत्रमार्फत  प्राप्त  हुने  कागजको  नेपाल  गुणस्तर  तथा  नापतौल  विभाग,  बालाजुमा  परीक्षण गरिने, तोकिएको गुणस्तर अनुसारको कागज भएमा मात्र प्रयोग गर्ने, नभएमा कागज आपूर्तिकर्तालाई फिर्ता गर्ने काम नियमित प्रक्रिया भएको सूचनामा उल्लेख छ । पुस्तक छपाइ गर्न गुणस्तरहीन कागज ल्याएको भन्दै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फिर्ता गरेको कागज सप्लायर्स कम्पनीले पुनः जनक शिक्षामै ल्याएपछि प्रहरीले चार ट्रक कागज नियन्त्रणमा लिएको थियो ।

फिर्ता भएको कागज केन्द्रका पदाधिकारीको मिलेमतोमै पुनः केन्द्रमा आएको खबर सार्वजनिक भएको थियो । यसबारेमा हिजो शिक्षा मन्त्रालयको सहसचिवको टोलीसहित भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले केन्द्रको अनुगमन गरेर चासो समेत लिएको छ।

केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले केन्द्रमा आएको चार ट्रक कागजको गुणस्तर परीक्षण गर्न बाँकी रहेको र यसबारेमा मन्त्रालयसहितलाई छानबिन गर्न आग्रह गर्नुभएको थियो । 

images
प्रकाशित मिति :पौष २९, २०७९ शुक्रवार - ०९:०३:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology