खैरहनी । विद्यालयस्तरीय खिचरा डान्स आइडलको अडिसन सम्पन्न भएको छ। खिचरा महोत्सवको सचिवालयमा भएको अडिसनबाट १५ जना प्रतियोगिहरु अन्तिम चरणका लागि छनौट भएका छन्। त्यस्तै १० जना डिजिटल अडिसनबाट छनौट भएको अडिसनका संयोजक हरिशरण चौधरीले जानकारी दिए।
अडिसनबाट २५ जना विद्यार्थीहरु फाइनल राउण्डमा प्रवेश गरेका छन्। उनीहरुले महोत्सवको स्टेजमा ३० गते आआफ्नो प्रस्तुती दिनेछन्। खिचरा डान्स आइडल हुनेले नगद ३० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछ।
यस्तै दोस्रो हुनेले नगद २० हजारसहित प्रमाणपत्र पाउने छन् भने तेस्रो हुनेले १० हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछन्। स्कुले उमेरका भाइ बहिनीहरुको प्रतिभालाई सम्मानस्वरुप स्कुलस्तरीय खिचरा डान्स आइडल आयोजना गर्न लागिएको नृत्य समितिका संयोजक चौधरीले जानकारी दिए।
पूर्वी चितवनको खैरहनी ५ जबकौली, दुर्गा मन्दिर परिसरमा यहि पुस २८ गतेदेखि माघ ४ गते सम्म खिचरा महोत्सव आयोजना हुँदैछ। डान्स आइडल छनौटका लागि नायक तथा गायक रोहितसिंह चौधरी र नायिका मुस्कान चौधरी निर्णायकको रुपमा रहेका थिए।
