काठमाण्डौ । नेपाल टी–२० लिगमा आज पनि दुई खेल हुँदैछ । बिहान ९ बजे लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्स तथा दिउँसो १ बजे विराटनगर सुपर किङ्स र फार वेष्ट युनाइटेड खेल्ने भएका छन् । दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
यसैबीच लिग सञ्चालनका क्रममा पछिल्लो समय देखिएको विवाद र घटनाक्रमबारे बुझ्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको टोली नेपाल आएको छ । सोही क्रममा आइसिसीको टोलीले हिजो राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङसँग भेटवार्ता गरेको छ ।
यसअघि टोलीले विमानस्थलबाट सोभैm कीर्तिपुरस्थित त्रिविको खेलमैदानको निरीक्षण गरेको थियो । त्यसपछि सहभागी टोलीका प्रतिनिधिसँग भेट गर्दै आवश्यक रिपोर्ट लिएको थियो । जारी प्रतियोगितामा खेल मिलेमतोका गतिविधि भएको चर्चा सञ्चारमाध्ययमा आएपछि आइसीसीले दुई सदस्यीय टोली नेपाल पठाएको हो ।