Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अत्यावश्यक नभएकाहरू पनि राहदानी विभाग आउँदा सर्वसाधारणको भीड 

अत्यावश्यक नभएकाहरू पनि राहदानी विभाग आउँदा सर्वसाधारणको भीड 

सिआईएन

२२, पौष २०७९
अत्यावश्यक नभएकाहरू पनि राहदानी विभाग आउँदा सर्वसाधारणको भीड 
images

सजना तिमल्सिना, काठमाडौँं । जिल्ला वा इलाका प्रशासन कार्यालयबाटै राहदानी अर्थात् पासपोर्टको फाराम बुझाउन र राहदानी लिन पाइने भए पनि सर्वसाधारण काठमाडाँै नै आउने गरेको पाइएको छ । अत्यावश्यक परेकाहरू द्रुत मार्गबाट राहदानी लिन विभाग जानुपर्ने व्यवस्था भए पनि अन्य सर्वसाधारण पनि विभाग आउने गरेका छन् ।

images
images

हजारौँ रुपैयाँ र कम्तिमा १ हप्ताभन्दा बढी समय खर्चेर काठमाडौँ आउने सेवाग्राही सबैलाई तत्काल राहदानी चाहिएको नै हुँदैन ।नवलपुर कावासोतीका कान्ति तामाङले राहदानी छिटो बनाउन भनेर कावासोतीबाट काठमाडौँ आएको भए पनि कुन देश जाने र कहिले जाने निर्णय भइ नसकको बताउनुभयो ।

छिटो राहदानी बनाउन दैनिक हजारौँ सेवाग्राही काठमाडौँ आउने गरेका छन् । जिल्लाबाट ५ हजार रुपैयाँ मात्र राजश्व बुझाए मिल्ने राहदानी दु्रतमार्गबाट बनाउँदा १२ हजार रुपैयाँ तिर्नुपर्छ । विभागले दु्रतमार्गबाट दैनिक २ हजार जनाको राहदानी बनाउँछ छ । तर, दैनिक ६ हजारभन्दा धेरै सेवाग्राही पुग्ने भएकाले विभागको सेवा प्रवाह नै अस्तब्यस्त भएको छ ।  

प्रशासन कार्यालयमा गएर राहदानी बनाउन सकिने भए पनि समय एक महिनाभन्दा बढी लाग्ने भएकाले विभाग नै धाउनुपरेको सेवाग्राही बताउँछन् । तर २ हप्ताभित्रमा राहदानी सम्बन्धित प्रशासन कार्यालयमा पठाइ सकिने भएकाले काठमाडौँमा आएर खर्च गर्नुभन्दा अति आवश्यक परे बाहेकका सेवाग्राहीले जिल्ला वा इलाका प्रशासन कार्यालयबाटै राहदानीको फारम बुझाउनु ठिक हुने विभागका प्रवक्ता दुरपदा सापकोटाले बताउनुभयो । 

images
प्रकाशित मिति :पौष २२, २०७९ शुक्रवार - ०९:४१:२२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology