काठमाण्डौ । नेपाल टी २० लिगबाट लगातार विदेशी खेलाडी र प्रशिक्षक फर्कन थालेका छन् । लिग मध्यभागमा आइपुग्दा केहि टोलीका प्रशिक्षक र विदेशी खेलाडी आन्तरिक कारण देखाउँदै नेपाल छाड्न थालेका हुन् । लिगमा सहभागी मध्यका सबैभन्दा ठूला नाम विराटनगर सुपर किंग्सका सुपरस्टार सिकन्दर राजा, जनकपुर रोयल्सका केज्रिक विलियम्स, मुख्य प्रशिक्षक उमेश पटवाल लगायत फर्किसकेका छन् ।
फार वेस्ट युनाइटेडसँग सुरुवाती पाँच खेल सकिँदासम्म दुई विदेशी खेलाडी मात्रै रहेका छन् । यसैबीच नेपाल टी–२० क्रिकेटमा आज पनि दुई खेलहरू हुँदैछ । किर्तिपूर स्थित टियु क्रिकेट मैदानमा बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाण्डु नाइट्स अनि दिउँसो १ बजे फार वेस्ट युनाइटेड र जनकपूर रोयल्स खेल्नेछन् ।
हिजो भएको खेलमा काठमाडौं नाईट्सले जनकपुर रोयल्सलाई ९० रनले पराजित गरेको थियो भने विराटनगर सुपर किंग्सलाई १२ रनले पराजित गर्दै लुम्बिनी अल स्टारले प्लेअफमा स्थान पक्का गरेको थियो ।