Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

खेलकुद

कुरिनटारमा आयोजित जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि इच्छाकामनाका पुर्षोत्तम सिलवाललाई

कुरिनटारमा आयोजित जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि इच्छाकामनाका पुर्षोत्तम सिलवाललाई

images

इच्छाकामना न्युज

१७, पौष २०७९
कुरिनटारमा आयोजित जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि इच्छाकामनाका पुर्षोत्तम सिलवाललाई
images

कुरिनटार । चितवनको इच्छाकामनामा सम्पन्न जिल्ला स्तरीय दोश्रो इच्छाकामना खुल्ला बुद्धिचाल प्रतियोगिताको  उपाधि इच्छाकामना ४ कुरिनटारका पुर्षोत्तम सिलवालले जितेका छन् । इच्छाकामना युथ स्पोर्टस् क्लब मुग्लिनको आयोजनामा सम्पन्न प्रतियोगितामा भरतपुर महानगरपालिका २७ का जुनानाथ सापकोटा दोश्रो, कालिका नगरपालिका ६ का अनिश दुलाल तेश्रो भएका छन् । उनिहरुले क्रमश :  पहिलो हुनेले नगद रु १३ हजार, दोश्रो हुनले ९ हजार र तश्रो हुनेले ५ हजार नगद र प्रमाण पत्र प्राप्त गरेका छन् । यसैबिच इच्छाकामना ५ मुग्लिनका गणेश श्रेष्ठ, मुग्लिनकै बिक्रम श्रेष्ठ र भरतपुर ४ का लक्ष्मीनाथ कडेँल क्रमश चौथो, पाचौँ र छैटौँ भएका छन् । उनिहरुले जनही रु २ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । यूवा खेलाडी तर्फ सबै भन्दा कान्छा खेलाडी ७ बर्षिय अर्थव त्रिपाठी उत्कृष्ट भए । , इच्छाकामना भित्रका प्रतियोगी मध्ये मुग्लिनका राजु त्रिपाठी उत्कृष्ट, विद्यार्थी छात्र तर्फ स्काई राइडर स्कुल रत्ननगरका आरव शर्मा र, छात्रा तर्फ अंकुरम एकेडेमी भरतपुर ७ कृष्णपुरमा कक्षामा ४ मा अध्ययनरत उज्जीवानी कडेँल उत्कृष्ट भएका छन् । उनिहरुले जनही रु २ हजार नगद र प्रमाण पत्र प्राप्त गरेका छन् । प्रोत्साहन तर्फ सीमान्तकृत चेपाङ समुदायका  निर्मल चेपाङ  र रोनिश चेपाङलाई पुरस्कृत गरिएको छ । उनिहरुलाई जनही रु ५ सय र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । समापन समारोहका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले पुरस्कार वितरण गरेका थिए । क्लबका अध्यक्ष प्रकाश त्रिपाठीको सभापतित्व तथा गाउँपालिका अध्यक्ष दानब हादुर गुरुङको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष माया सिलवालको विशिष्ट आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भएको हो । इच्छाकामनाको मुग्लिन र कुरिनटारमा गरि दुई दिन चलेको प्रतियोगितामा ३७ जना सहभागी थिए । यो राशी जिल्लामा हालसम्म भएका बुद्धिचाल प्रतियोगिताको सबैभन्दा ठुलो राशीको पुरस्कार हो। इच्छाकामना एफएम कुरिनटार र इच्छाकामना न्यूज डटकम प्रतियोगिताको मिडिया पार्टनरको रुपमा रहेका थिए ।

images
प्रकाशित मिति :पौष १७, २०७९ आइतवार - १२:१२:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology