Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

प्रथम पुलजिप फुटसलको उपाधि आर्दश युवा क्लब एक्लेफाँटलाई

प्रथम पुलजिप फुटसलको उपाधि आर्दश युवा क्लब एक्लेफाँटलाई

images

इच्छाकामना न्युज

१५, पौष २०७९
प्रथम पुलजिप फुटसलको उपाधि आर्दश युवा क्लब एक्लेफाँटलाई
images

आँबुखैरेनी । प्रथम पुलजिप फुटसल कप–२०७९ 5 ए साइड खुल्ला नकआउट फुटसल प्रतियोगिताको उपाधि आदर्श युवा क्लब आँबुखैरेनी–२, एक्लेफाँटले जितेको छ। फाइनलमा फ्रेन्डसिप युवा क्लब आँबुखैरेनी–३, लाई १ का विरुद्ध ५ गोल गर्दै आदर्श युवा क्लबले प्रथम पुलजिप फुटसल कपको उपाधि जितेको हो।

उपाधिसँगै आदर्श युवा क्लबले नगद ५० हजार शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपबिजेता फ्रेन्डसिप युवा क्लबले नगद २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। तमू ल्होसारको अवसरमा पुलजिप युवा क्लब आँबुखैरेनी–४, संगमटोल तनहुँले आयोजना गरेको प्रथम पुलजिप फुटसल कपमा २२ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष बिजय गुरुङले जानकारी दिए। 

क्लबका अध्यक्ष गुरुङको सभापतित्व तथा आँबुखैरेनी गाउँपालिका उपाध्यक्ष दुर्गा अर्यालको प्रमुख आतिथ्यतामा भएको फुटसल कप समापन समारोहमा इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक गायत्रीराज शर्मा, वडा नं. ४ का वडाअध्यक्ष मिलन भुजेल, वडा नं. ३ का वडाअध्यक्ष दिनेश केसी, क्लबका सचिव जयबहादुर गुरुङलगाएतको उपस्थिति थियो।

images
प्रकाशित मिति :पौष १५, २०७९ शुक्रवार - २१:५६:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology