Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

गण्डकी गाउँपालिकाको ताङ्लिचोकमा भव्य ल्होसार मनाउने

गण्डकी गाउँपालिकाको ताङ्लिचोकमा भव्य ल्होसार मनाउने

images

इच्छाकामना न्युज

१३, पौष २०७९
गण्डकी गाउँपालिकाको ताङ्लिचोकमा भव्य ल्होसार मनाउने
images

गोरखा – गोरखाको गण्डकी गाउँपालिका वडा न २ स्थित ताङ्लिचोकमा तमू ल्होसार (पुष १५) हि ल्हो (विरालो वर्ग) भव्य ल्होसार मनाउने भएको छ । तमू ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद् गण्डकी गाउँपालिका कार्यसमितिको आयोजनामा उत्त कार्यक्रम गर्न लागेको अध्यक्ष रविन गुरुङले इच्छाकामना न्यूजलाई बताए । 

कार्यक्रममा सास्कृतिक झाकी, चुड्का, घाटु लगाएतका संस्कृतिहरुको आर्कषण रहने छ । कार्यक्रममा गण्डकी गाउँपालिकाको हाल जननिर्वाचित तथा भूतपूर्व तमू जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रम । त्यस्तै यस वर्ष गाउँपालिका भित्रका गुरुङ समुदायबाट एसइइमा उत्कृष्ट नतिजा ल्याउने छात्र र छात्रालाई सम्मान गरिने आयोजकको भनाइ रहेको छ । त्यसका साथै स्थानीय तथा ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति समेत रहने छ । कार्यक्रम पुष १५ गत्ते विहानको ११ बजेबाट ताङ्लिचोक स्थित ल्होसार डाँडामा सञ्चालन हुने छ । 

images
प्रकाशित मिति :पौष १३, २०७९ बुधवार - २२:३४:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology