आँबुखैरेनी - आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का वडा सदस्य मनोजकुमार श्रेष्ठले असहाय तथा विपन्न परिवारलाई फाइवरको सिरक वितरण गरेका छन्। आँबुखैरेनी सेवा समाजका अध्यक्षसमेत रहेका वडा सदस्य श्रेष्ठले आफ्नो तलब/भत्ताबाट आएको रकमले आँबु गाउँ, ज्यामसरा, धारापानी र कोट गाउँका ३० घरधुरीलाई न्यानो सिरक वितरण गरेका हुन्।
चुनावको बेला वडाबासीको हरेक दु:ख सुखमा साथ दिने प्रतिबद्धताअनुसार आफ्नो तलब/भत्ता वापतको करिब रु.५० हजारबाट असहाय तथा विपन्न परिवारका नागरिकलाई फाइवरको सिरक खरिद गरि वितरण गरिएको श्रेष्ठले जानकारी दिए।