Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

शहिदलखनका २२ जनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ 

शहिदलखनका २२ जनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ 

जेशिका पुलामी

१८, आश्विन २०७७
शहिदलखनका २२ जनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ 
images

गोरखा– शहिदलखन गाउँपालिकाका २२ जनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ।
गत असोज १२ गते मनकामना सामुदायिक इकाइमा ११ जना र असोज १४ गते बुंकोट स्वास्थ्य चौकिमा ११ जनाको स्वाबको नमुना सङ्कलन गरेर परिक्षणको लागि पठाइएकोमा २२ जनाको नै कोरोना परिक्षण रिपोर्ट आज नेगेटिभ आएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिनुभयो।
त्यसैगरि असोज १७ गते ६ जनाको स्वाबको नमुना संकलन गरिएको छ। गाउँपालिका वडा नम्बर १ बक्राङका ५ जनाको कन्ट्याक ट्रेसिङको आधारमा र १ जना होम आइसोलेसनमा बसेका गरि ६ जनाको स्वाबको नमुना संकलन गरेर परिक्षणको लागि सम्वन्धित स्वास्थ्य संस्थामा पठाइएको पनि उहाँले जनाकारी दिनुभयो।
स्वाब संकलन कार्यमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठ, स्वास्थ्य कर्मी विश्व श्रेष्ठ, कन्चना थापा लगाएतले सहयोग गर्नु भएको थियो।

images
images

images
प्रकाशित मिति :आश्विन १८, २०७७ आइतवार - १८:११:२४ बजे

जेशिका पुलामी

पत्रकार जेसिका पुलामी इच्छाकामना न्युजका सह–सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जमा समेत कार्यरत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology