काठमाडौं । रोग निको पार्छु भन्दै विरामीलाई सक्त घाइते बनाउने आफूलाई माता बताउने सचिना मगर तामाङलाई प्रहरीले पक्राउ गरेकी छन् । उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले सोमबार पक्राउ गरेको हो ।
काठमाडौ प्रहरीका अनुसार भोजपुरको आमचोक गाउँपालिका–६ स्थायी घर भइ तारकेश्वर नगरपालिका–११, मनमैजु बस्ने एक जना महिला उपचारका लागि जरंखुस्थित तामाङको घरमा पुगेकी थिइन् । रोग निको पार्छु भन्दै दैनिक तातो पन्यूँले डाम्ने, तेलले पोल्ने गर्न थालेपछि उनी घाइते भइन् । विरामीको हाल महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ । ‘