Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

खेलकुद

पुस १५ र १६ गते इच्छाकामनामा जिल्लास्तरीय खुल्ला बुद्धिचाल प्रतियोगिता हुने

पुस १५ र १६ गते इच्छाकामनामा जिल्लास्तरीय खुल्ला बुद्धिचाल प्रतियोगिता हुने

images
पुस १५ र १६ गते इच्छाकामनामा जिल्लास्तरीय खुल्ला बुद्धिचाल प्रतियोगिता हुने
images

चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा दुई दिने जिल्ला स्तरीय खुल्ला बुद्धिचाल प्रतियोगिता आयोजना हुने भएको छ । इच्छाकामना युथ स्पोर्टस् क्लवको आयोजनामा जिल्लास्तरीय दोस्रो इच्छाकामना खुल्ला बुद्धिचाल प्रतियोगिता आयोजना हुन लागेको हो । आज दिउँसो भरतपुरमा एक पत्रकार सम्मेलनको आयोजना गरी क्लवले प्रतियोगिता बारे जानकारी दिएको थियो ।

प्रवेश शुल्क १ हजार रहेको प्रतियोगिता पुस १५ गते सुरु भई १६ गते सम्पन्न हुने जनाइएको छ । तर, इच्छाकामनाका प्रतियोगीको लागि ५०० रुपैयाँ, विद्यार्थीको लागि ४०० र महिलाको लागि ३०० रुपैयाँ प्रवेश शुल्क रहेको विज्ञप्तिमा उल्लेख छ । प्रवेश शुल्क इसेवा नम्बर ९८४१६९७६७१ बाट पनि बुझाउन सकिने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा भाग लिन चाहनेले पुस १५ गते बिहान १० बजेभित्र आवेदन दिनसक्ने क्लबका अध्यक्ष प्रकाश त्रिपाठीले जानकारी दिए । प्रतियोगिताको पहिलो पुरस्कार १३ हजार, दोस्रो ९ हजार, तेस्रो ५ हजार, चौथो–पाचौं र छैठौंलाई हुनेले दुई–दुई हजार रुपैयाँ जित्ने छन् । यो राशी जिल्लामा हालसम्म भएका बुद्धिचाल प्रतियोगिताको सबैभन्दा ठुलो राशीको पुरस्कार हो।

यस्तै पहिलो हुने महिला खेलाडीलाई नगद दुई हजार पुरस्कार प्रदान गरिने छ । पहिलो हुने छात्रा र छात्र विद्यार्थीलाई पनि नगद दुई–दुई हजार पुरस्कार रहेको छ । इच्छाकामना कै पहिलो हुनेको लागि पनि दुई हजार पुरस्कार रहेको छ ।

पत्रकार सम्मेलनमा जिल्ला चेस संघ चितवनका अध्यक्ष मोहन श्रेष्ठले बुद्धिचाल खेल मात्र नभएर मस्तिष्कको कसरत समेत रहेको बताए । यस खेलले दिमागलाई तेज बनाउन मद्दत गर्ने उनको भनाइ थियो । यसमा भविष्य पनि राम्रो भएको उनले बताए । 

प्रतियोगितमा जिल्ला भरका ४५ देखि ५० जना प्रतियोगी सहभागी हुने आयोजकको अनुमान छ । यसको कुल बजेट एक लाख ९० हजार ३०० रुपैयाँ रहेको छ । प्रतियोगिताको प्रायोजक इच्छाकामना गाउँपालिका रहेको छ भने प्राविधिक सहयोग जिल्ला चेस संघ चितवनको रहेको छ । साथै प्रतियोगिताको मिडिया पार्टनरमा इच्छाकामना न्युज डटकम डिजिटल अनलाईन पत्रिका र इच्छाकामना एफ एम रहेको छ । 

images
प्रकाशित मिति :पौष ४, २०७९ सोमवार - १८:३६:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology