Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

विश्वकप 

अन्ततः पूरा भयो मेस्सीको सपना, ३६ वर्षपछि अर्जेन्टिनाले जित्यो विश्वकप 

अन्ततः पूरा भयो मेस्सीको सपना, ३६ वर्षपछि अर्जेन्टिनाले जित्यो विश्वकप 

एजेन्सी

४, पौष २०७९
अन्ततः पूरा भयो मेस्सीको सपना, ३६ वर्षपछि अर्जेन्टिनाले जित्यो विश्वकप 

३६ वर्षपछि अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेको छ । लिओनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले कतारमा गएराति सकिएको २२ औँ विश्वकप फुटबलको उपाधि जितेको हो । लुसैल रङ्गशालामा भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै अर्जेन्टिनाले उपाधि उचालेको हो ।

images

खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा २ गोल खान पुग्यो । निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल थपेपछि खेलमा ३–३ को बराबरी भयो ।

त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । सो क्रममा फ्रान्सका दुई खेलाडीले गोल गर्न सकेनन् भने अर्जेन्टिनाका चारै जना खेलाडीले गोल गरे । अर्जेन्टिनाले यसअघि सन् १९७८ मा नेदरल्यान्डस्लाई तथा १९८६ मा जर्मनीलाई हराउँदै विश्वकपको उपाधि जितेको थियो ।

images
प्रकाशित मिति :पौष ४, २०७९ सोमवार - ०९:०७:०९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology