Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मौसम

तीन प्रदेशको मौसममा बदली हुने अनुमान, हिमपात हुनसक्ने

तीन प्रदेशको मौसममा बदली हुने अनुमान, हिमपात हुनसक्ने

images
तीन प्रदेशको मौसममा बदली हुने अनुमान, हिमपात हुनसक्ने
images

चितवन । भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा देखिएको छ । त्यसकै कारण अहिले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका स्थानहरूमा हुस्सु÷कुहिरो लागेको छ ।

आज दिउँसो र राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा भने मौसम सामान्यतया सफा नै रहने छ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

भोलि दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ ।

images
प्रकाशित मिति :पौष ४, २०७९ सोमवार - ०९:०३:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology