कतार । क्रोएसियाले कतारमा जारी फिफा विश्वकप फुटबलमा तेस्रो स्थान हासिल गरेको छ । राति भएको खेलमा मोरक्कोलाई २–१ गोल अन्तरले हराउँदै क्रोएसियाले तेस्रो स्थान हासिल गरेको हो ।
मोरक्कोले भने चौथो स्थानमा चित्त बुझाएको छ । खेलको सातौं मिनेटमा जोस्कोले गोल गर्दै क्रोएसियालाई सुरुआती अग्रता दिलाउनुभयो । तर, खेलको नवौं मिनेटमा दारीले गोल गर्दै मोरक्कोलाई १–१ गोलको बराबरीमा ल्याउनुभयो ।
त्यसपछि खेलको ४२ औं मिनेटमा ओर्सिकले गोल गर्दै क्रोएसियालाई २–१ को जित दिलाउनुभयो । विश्वकपको उपाधिका लागि भने आज फ्रान्स र अर्जेन्टिना खेल्दैछन् ।