Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मौसम

देशभर चिसो बढ्यो, बालबालिका र वृद्धवृद्धाको विशेष ख्याल गर्न डाक्टरको सुझाव 

देशभर चिसो बढ्यो, बालबालिका र वृद्धवृद्धाको विशेष ख्याल गर्न डाक्टरको सुझाव 

images
देशभर चिसो बढ्यो, बालबालिका र वृद्धवृद्धाको विशेष ख्याल गर्न डाक्टरको सुझाव 
images

चितवन । देशभर अधिकतमसँगै न्यूनतम तापक्रम पनि घटेपछि चिसो बढेको छ । भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको प्रभावले देशका धेरै ठाउँको मौसम आशिंक बदली हुँदा चिसो बढेको महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् विनु महर्जनले सीआईएनसँग कुरा गर्दै आज र भोलि दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको एकदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताउनुभयो ।

चिसोका कारण बालबालिका र वृद्धवृद्धामा विभिन्न स्वास्थ्य समस्या आउने भएकाले उनीहरुको विशेष ख्याल गर्न डाक्टरहरूले सुझाव दिएका छन् । चिसोका कारण बालबालिका र बुढाबुढीमा श्वासप्रश्वास सम्बन्धी समस्या, निमोनिया, पखाला लाग्ने लगायतका समस्या देखिने भएकाले उनीहरुको विशेष ख्याल गर्नुपर्ने डाक्टरले सुझाव दिएका हुन् ।

प्राध्यापक डाक्टर दिनेश लम्सालले केही समयअघि देखिएको कोभिड र डेङ्गीको समस्या कम हुँदै गएपनि चिसोका कारण हुने स्वास्थ्य समस्याबाट जोगिन आवश्यक रहेको बताउनुभयो । चिसोबाट जोगिन कोठाभित्र हिटर, ब्रिक्वेट, कोइला आदि बाल्दा सावधानी अपनाउन पनि उहाँले आग्रह गर्नुभयो । 

images
प्रकाशित मिति :पौष ३, २०७९ आइतवार - ०९:०७:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology