Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आँबुखैरेनी विशेष

आँबुखैरेनी क्याम्पसको १५ औं वार्षिकोत्सव : आंगिक क्याम्पस बनाउनुपर्नेमा जोड

आँबुखैरेनी क्याम्पसको १५ औं वार्षिकोत्सव : आंगिक क्याम्पस बनाउनुपर्नेमा जोड

images
आँबुखैरेनी क्याम्पसको १५ औं वार्षिकोत्सव : आंगिक क्याम्पस बनाउनुपर्नेमा जोड
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाको एकमात्र पब्लिक क्याम्पस आँबुखैरेनी क्याम्पसले १५ औं वार्षिकोत्सव मनाएको छ। क्याम्पसले आज एक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाएको हो।

क्याम्पस संचालक समितिका अध्यक्ष वंशीराम प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान प्रमुख अतिथि रहेका थिए।

320003061_892647762180886_9040837216119644952_n.jpg

कार्यक्रमलाई सम्बोन्धन गर्दै प्रमुख अतिथि चुमानले आँबुखैरेनी गाउँपालिकालाई शिक्षा र स्वास्थ्यलाई विशेष जोड दिने बताए। सम्बोन्धनकै क्रममा अध्यक्ष चुमानले आँबुखैरेनी क्याम्पसलाई सकेसम्म त्रिभुवन विश्वविद्यालय नभए अन्य विश्वविद्यालयको भएपनि आंगिक क्याम्पसको रुपमा अगाडी बढाउनुपर्ने बताए। साथै दिवा समयमा क्याम्पसमा प्राविधिक धारको कक्षाहरु संचालन गरी आँबुखैरेनीमा नयाँ शैक्षिक तरंग ल्याउनु पर्नेमा जोड दिए।

319876265_1298790397625721_8679728725206754977_n.jpg

वार्षिकोत्सव कार्यक्रममा स्वर्गीय पदम कुमारी स्मृति पुरस्कारद्वारा शिक्षाशास्त्र संकायका उत्कृष्ट अंक ल्याउने विद्यार्थी सुलना गुरुङ र व्यवस्थापनतर्फ उत्कृष्ट अंक ल्याउने मन्जु थापालाई जनही नगद २०,८०० नगद र प्रमाणपत्रले सम्मानित गरिएको थियो । यस्तै भवशर्मा पुरस्कारद्वारा नेपाली विषयमा उत्कृष्ट अंक ल्याई प्रथम र द्वितीय हुने क्याम्पसमा अध्ययनरत विद्यार्थी सुस्ता थापालाई ५७०० र सुलना गुरुङलाई ३००० नगद सहित प्रमाणपत्रले सम्मानित गरिएको थियो भने प्रेमालक्ष्मी गंगाजु पुरस्कारद्वारा बि.एड. ऐ. अंग्रेजीमा सर्वोत्कृष्ट अंक ल्याउन सफल सरु थापालाई ६५०० नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो।

320552943_461395652851830_5151067440986962782_n.jpg

वार्षिकोत्सवको अवसरमा आयोजित हाजिरी जवाफ, भलिबल, व्याटमिन्टन, वक्तृत्वकला लगायत विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय हुने विद्यार्थीहरुलाई प्रमाणपत्र र मेडलले सम्मान गरिएको थियो । साथै कार्यक्रमको बीचमा कार्यक्रम प्रस्तोता राजेश सुनामको आलेखमा तयार पारिएको आँबुखैरेनी क्याम्पसको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो।

 

images
प्रकाशित मिति :पौष २, २०७९ शनिवार - २२:४७:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology