Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना विशेष

छिटो काम सुरु गर्न नयाँ उपभोक्ता समितिलाई इच्छाकामना गाउँपालिका अध्यक्ष गुरुङको निर्देशन

छिटो काम सुरु गर्न नयाँ उपभोक्ता समितिलाई इच्छाकामना गाउँपालिका अध्यक्ष गुरुङको निर्देशन

images
छिटो काम सुरु गर्न नयाँ उपभोक्ता समितिलाई इच्छाकामना गाउँपालिका अध्यक्ष गुरुङको निर्देशन
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले नयाँ गठित उपभोक्ता समितिलाई छिटो काम सुरु गर्न निर्देशन दिएका छन् । चालु आर्थिक वर्ष सुरु भएको ६ महिना बितिसक्दा पनि उपभोक्ता समिति मार्फत सुरु गर्नुपर्ने योजनाका कामहरु अझै सुरु हुन नसकेकोले छिटो सुरु गर्न अध्यक्ष गुरुङले उपभोक्ता समितिलाई निर्देशन दिएका हुन् । 

उनले आज इच्छाकामना गाउँपालिका वडा नं. ४ र ६ का विभिन्न योजनाहरुको अनुगमन गर्दै तत्काल काम सुरु गर्न उपभोक्ता समितिलाई निर्देशन दिएका छन्। छिटो भन्दा छिटो योजना सम्पन्न गरि जनताले सेवा उपभोग गर्ने वातावरण मिलाउनका लागि उपभोक्ता समितिलाई निर्देशन दिईएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए।

अनुगमनमा अध्यक्ष दान बहादुर गुरुङ सहित, उपाध्यक्ष माया सिलवाल, वडा नं. ४ का वडाध्यक्ष रुद्र बहादुर उप्रेती लगायत रहेका थिए।

यस्तै वडा नं. ४ कुरिनटारमा अवस्थित इच्छाकामना मन्दिर परिसरमा निर्माण गरिएको अपाङ्गमैत्री शौचालयको पनि अध्यक्ष गुरुङले आज अनुगमन गरेको छ । उक्त शौचालय गाउँपालिकाको ५,४७,५७६, भिसिए, डब्लुएचएच र आरआरएन संस्थाको ११,२३,०६४ का साथै स्थानीय समुदायको १,५२,४९४ गरी १८,२३,१३४ रुपैयाँ लगानीमा निर्माण गरिएको हो।

319942515_437617278429894_4114451653850083275_n.jpg

images
प्रकाशित मिति :पौष २, २०७९ शनिवार - १९:३१:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology