एजेन्सी – कतार विश्वकप फुटबलको २२औं संस्करणको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा अफ्रिकी राष्ट्र मोरक्कोलाई २–० ले पराजित गर्दै साविकको विजेता फ्रान्सले उपाधिका लागि अर्जेन्टिनासँगको भेट पक्का गरेको हो ।
पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले पराजित गर्दै फाइनलको यात्रा तयगरेको थियो । फाइनल खेल नेपाली समय अनुसार पुस ३ गते राति ८ः४५ बजे हुनेछ ।
यी दुई टोली हालसम्म १२ पटक भेट भएको छ । जसमा अर्जेन्टिना ६ खेलमा विजयी हुँदा ३ खेल फ्रान्सले जितेको छ । ३ खेल बराबरीमा सकिएको छ ।
अर्जेन्टिनाका स्टार खेलाडी मेस्सीको लागि कतार विश्वकप २०२२ अन्तिम रहने छ । सन् २०१४ को विश्वकपमा अर्जेन्टिनाले जर्मनसँग फाइनलमा हार व्यहोरेको थियो । त्यस्तै सन् २०१८ को विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।