Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

शहिद लखन विशेष

शहिद लखन गाउँपालिकाको ५ नं. वडा कार्यालयको सेवा अब आफ्नै भवनबाट

शहिद लखन गाउँपालिकाको ५ नं. वडा कार्यालयको सेवा अब आफ्नै भवनबाट

images

इच्छाकामना न्युज

२८, मंसिर २०७९
शहिद लखन गाउँपालिकाको ५ नं. वडा कार्यालयको सेवा अब आफ्नै भवनबाट
images

गोरखा । गोरखाको शहिद लखन गाउँपालिकाका वडा नम्बर ५ को नवनिर्मित वडा कार्यलय भवनको आज उद्घाटन गरिएको छ । ताक्लुङको जुम्ली चौतारामा निर्माण सम्पन्न भएको वडा कार्यालय भवनको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले उद्घाटन गर्नुभएको हो । कुल ६३ लाख ९८ हजार ७ सय ७५ रुपैया ९८ पैसाको लागतमा भवन निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

गत २०७७ चैतमा एलिना भट्ट निर्माण सेवा गोरखाले गाउँपालिकासंग २०७९ बैशाखसम्म निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । भवन समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउँपालिका अध्यक्ष थापामगरले नवनिर्मित वडा कार्यालयबाट नागरिकहरु छिटोछरितो सेवा सुबिधा प्राप्त गर्ने बिश्वास व्यक्त गर्नुभयो ।

उहाँले पालिका भित्रका सवै नागरिकहरुलाई स्थानीय सरकारको प्रत्याभूति गराउन गाउँपालिका प्रतिबद्ध भएर काम गर्दै आएको बताउनुभयो । भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगर, वडाध्यक्ष, गाउँकार्यापालिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

images
प्रकाशित मिति :मंसिर २८, २०७९ बुधवार - २२:४५:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology