काठमाण्डौ । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थ मन्त्रालयले सैद्धान्तिक सहमति दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रहरीमा रहेको ३० वर्षे प्रावधानको साटो ५८ वर्षको उमेर र पदावधिको हद लागू गर्ने गरी सैद्धान्तिक सहमति दिनुभएको हो ।
सर्वोच्च अदालतले प्रहरी ऐनमै व्यवस्था गरेर मात्र अवकाश, करिअरलगायत व्यवस्था मिलाउन आदेश दिएको थियो । तर, कामचलाउ सरकारले अध्यादेशमार्फत नियमावली संशोधन गरेर ३० वर्षे सेवा अवधि हटाउन लागेको हो ।
२०७० सालमा तत्कालीन एआईजी मदनबहादुर खड्का र ०७३ सालमा तत्कालीन एआईजी गणेशराज राईले आफ्नो जागिर अवधि लम्ब्याइदिन आग्रह गर्दै दायर गरेको रिटमा सर्वोच्चले प्रहरी नियमावली संशोधनमार्फत् आफूखुशी गर्ने शृङ्खलामा रोक लगाएको थियो ।तर, त्यसलाई छल्दै सेवा अवधि हटाउने तयारी थालिएको छ ।
नेपाल प्रहरीमा हरेक पटक आईजीपीका ब्याचकाले जागिरको उत्तराद्र्धमा ३० वर्षे सेवा अवधि हटाउने प्रयास गर्ने गरेका छन् । यसपटक चाहिँ अर्थले सैद्धान्तिक सहमित नै दिइसकेकाले उच्च अधिकृतहरू सङ्शकित बनेका छन् ।