Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

विश्वकपमा फ्रान्स र मोरोक्को भिड्दै, कसले मार्ला बाजि ?

विश्वकपमा फ्रान्स र मोरोक्को भिड्दै, कसले मार्ला बाजि ?

एजेन्सी

२८, मंसिर २०७९
विश्वकपमा फ्रान्स र मोरोक्को भिड्दै, कसले मार्ला बाजि ?

कतारमा जारि फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । कतार विश्वकपको दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्ने छन् । फ्रान्स गत विश्कप २०१८ संसकरणको विजेता हो । 

images

अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल राति १२ः ४५ बजे सुरु हुनेछ । साविक विजेता फ्रान्स र मोरक्को दुवै जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेको छ।

यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएर उपाधि नजिक पुगिसकेको छ।

फ्रान्सले यसअघि १९५८, १९८२, १९८६, १९९८, २००६ र २०१८ मा सेमिफाइनल खेलेको छ । त्यसमा तीनपटक सेमिफाइनल पार गर्दै दुईपटक १९९८ र २०१८ मा च्याम्पियन बनेको इतिहास छ । मोरक्कोले स्पेन र पोर्चुगललाई हराएर अफ्रिकाबाट सेमिफाइनलमा पुग्ने पहिलो देश बनेको मोरक्को त्यही सनसनी पूर्ण प्रदर्शन गर्दै विश्वकपको इतिहासमा पहिलोपटक फाइनल पुग्ने लक्ष्यमा हुनेछ ।

images
प्रकाशित मिति :मंसिर २८, २०७९ बुधवार - ०९:३०:५० बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology