Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आयुर्वेदिक औषधी: अविपत्तिकर चूर्ण र निर्मल चूर्ण प्रयोग नगर्न विभागको आग्रह

आयुर्वेदिक औषधी: अविपत्तिकर चूर्ण र निर्मल चूर्ण प्रयोग नगर्न विभागको आग्रह

images

इच्छाकामना न्युज

२७, मंसिर २०७९
आयुर्वेदिक औषधी: अविपत्तिकर चूर्ण र निर्मल चूर्ण प्रयोग नगर्न विभागको आग्रह
images

काठमाडौं । औषधि व्यवस्था विभागले दुई प्रकारका आयुर्वेदिक औषधिको बिक्री वितरणमा रोक लगाएको छ। नमुना परीक्षण गर्दा गुणस्तरहीन पाइएको भन्दै विभागले औषधीको बिक्री वितरण रोक्का गरेर बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो।

विभागले सार्वजनिक सूचना जारी गर्दै गोर्खा आयुर्वेद कम्पनीले उत्पादन गरेको अविपत्तिकर चूर्ण एक सय ग्राम र भाष्कर हर्वास्युटिकल्स वीरगञ्जले उत्पादन गरेको निर्मल चूर्ण एक सय ग्रामको औषधि गुणस्तरहीन भेटिएको जनाएको हो।
 
बिक्रीका लागि बजारमा पठाइएका सबै औषधी फिर्ता ल्याउन निर्देशन दिँदै विभागले औषधीको प्रयोग नगर्न र नगराउन पनि सर्वसाधारणलाई सचेत गराएको छ। दुवै औषधिमा खराबी देखिएको र स्वास्थ्यमा गम्भीर असर पुग्न सक्ने विभागले सूचनामा उल्लेख गरेको छ।

images
प्रकाशित मिति :मंसिर २७, २०७९ मंगलवार - १०:११:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology