Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना विशेष

इच्छाकामनाको चेपाङ गाउँ ताल्तीमा एक वर्ष अघि नै पोल गड्यो तर विजुली बलेन

इच्छाकामनाको चेपाङ गाउँ ताल्तीमा एक वर्ष अघि नै पोल गड्यो तर विजुली बलेन

अध्यक्ष गुरुङद्वारा फिल्डमै पुगी निःशुल्क मिटर जडान गरी दुई हप्ताभित्र बिजुली बाल्न निर्देशन

images

इच्छाकामना न्युज

२७, मंसिर २०७९
इच्छाकामनाको चेपाङ गाउँ ताल्तीमा एक वर्ष अघि नै पोल गड्यो तर विजुली बलेन
images

कालिखोला । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित चेपाङ गाउँ ताल्तीमा वर्षदिन अघि नै विद्युत्को पोल गाडीसक्दा पनि बिजुली नबलेको पाईएको छ । स्थानीयको अधिक गुनासो आएपछि सोमबार गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ सहितको एक टोली निरिक्षणमा पुगेको थियो।

अध्यक्ष गुरुङले फिल्डमै पुगेर निरिक्षण गर्दा केहि मिटर तार अपुग भएकै कारण उक्त गाउँमा बिजुली नबलेको पाईएको थियो । पोल गाडेको तर केहि तार अपुग भएकै कारण लामो समयदेखि बिजुली नबलेको पाइएपछि गाउँपालिका अध्यक्ष गुरुङले गाउँपालिकाले अपुग तार व्यवस्था गरिदिने वचन दिदै तत्काल बिजुली बाल्ने व्यवस्था मिलाउन उक्त गाउँमा विद्युत् विस्तारका लागि सहजिकरण गरिरहेको मस्र्याङ्गदी बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधिलाई निर्देशन दिएका थिए।

IMG_6682.jpg

‘मैले ताल्तीमा दुई हप्ता भित्र बिजुली बाल्न निर्देशन दिएको छु’ –अध्यक्ष गुरुङले भने । यस्तै उक्त गाउँमा रहेका २२ घर सबै चेपाङ समूदायका भएकाले निःशुल्क मिटर जडानको व्यवस्था समेत गरिने उनले बताए । ‘यसका लागि गाउँपालिकाले १० लाख रुपैयाँ बजेटको व्यवस्था समेत गरेको छ’ –उनले बताए।

अध्यक्ष गुरुङ सहितको निरिक्षण टोलीमा वडा नं. ६ का वडाध्यक्ष लक्ष्मण चेपाङ, मस्र्याङ्गदी बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधि लगायत सम्मिलित थियो ।

IMG_6667.jpg

images
प्रकाशित मिति :मंसिर २७, २०७९ मंगलवार - ०९:१५:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology