कतार विश्वकप २०२२ अन्र्तगत आज सेमिफाइनलको पहिलो खेल हुँदैछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।
क्रोएसिया सन् २०१८ मा फाइनलमा फ्रान्ससँग पराजित भएको थियो । क्रोएसिया सन् २०१८ को पिडालाई मलमा लगाउने योजनामा रहेको छ ।
त्यस्तै सन् २०१४ मा जर्मनसँग फाइनलमा पराजित बनेको अर्नेन्टिना यस पटक विश्वकपको फाइनलमा स्थान बनाउने योजनामा छ । त्यसैले आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण रहनेछ । दुई पटकको विश्व विजेत बनेको अर्जेन्टिना तेस्रो उपाधि नजिक पुग्ने योजनामा हुनेछ । अर्जेन्टिनाले सन् १९७८ र १९९६ को विश्वकप जितेको थियो ।
त्यस्तै क्रोएसिया इतिहास रच्ने दाउमा रहेको छ । त्यस्तै अर्जेन्टिनाका महान् फुटबलर मेसीको लागि कतार विश्वकप अन्तिम रहने छ ।